Techie IT
Samayabaddha
आईतबार, २२ चैत्र, २०८२

अफगानिस्तानको अर्को क्षेत्रमा भीषण बाढी, ५० जनाको मृत्यु


अफगानिस्तानका अर्काे क्षेत्रमा बाढीका कारण कम्तीमा ५० जनाको मृत्यु भएको छ ।

अफगानिस्तानको मध्य क्षेत्रमा भारी वर्षा भएको अधिकारीहरूले बताएका छन्।

भारी वर्षाका कारण पानीको सतह एक्कासि बढेको र धेरै मानिस बेपत्ता भएको उनीहरूको भनाइ छ।

बाढीका कारण हजारौँ जनावर मरेका छन् भने दुई हजारभन्दा बढी घर ध्वस्त भएको बीबीसीले जनाएको छ।

गत हप्ता अफगानिस्तानको उत्तरी क्षेत्रमा बाढी आएको थियो र तीन सयभन्दा बढीको मृत्यु भएको थियो।

अविरल वर्षाका कारण कृषिमा पनि क्षति पुगेको छ। अफगानिस्तानको ४ करोड जनसंख्यामध्ये ८० प्रतिशत कृषिमा निर्भर छन्।

अफगानिस्तानको मौसम विभागले आगामी दिनमा धेरै क्षेत्रमा भारी वर्षा र बाढीको सम्भावना व्यक्त गरेको छ र यस सम्बन्धमा चेतावनी पनि जारी गरेको छ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट