Techie IT
Samayabaddha
बुधबार, १७ वैशाख, २०८२

वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधान गर्न सरकारसँग देउवाको आग्रह


नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न सरकारसँग आग्रह गरेका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १२औं साधारणसभालाई सम्बोधन गर्दै उनले नेपालमा वैदेशिक रोजगारीका थुप्रै समस्या रहेको बताए ।

विदेशमा रोजगार गर्न जाने र त्यहाँ श्रमीकले पाइरहेको दुःखका बारेमा आफू जानकार रहेको भन्दै उनले श्रमिकमाथि भइरहेको शोषणको समस्या रोक्न आग्रह गरे । उनले वैदेशिक रोजगारीमा गएका नेपालीबाट देशमा आउने रेमिट्यान्ससँगै श्रमीकको समस्या समाधानमा आवश्यक भूमिका खेल्नुपर्ने बताए ।

“नेपालमा वैदेशिक रोजगार महत्वपूर्ण कुरा हो । एकातिर विदेशमा रोजगार गर्न नेपालीले पाउँछन् । तर त्यहाँ ठगिएका कुराहरू, दुःख पाएको मैले थाहा पाएँ, यस्ता कुरा रोक्न हामी लाग्नुपर्छ,” उनले भने, “रेमिट्यान्सको पैसा आउँछ, त्यसले नेपाललाई रेमिट्यान्स मात्रै होइन अरु पनि धेरै फाइदा हुन्छ । त्यसैले रोजगारीमा गएका साथीहरू ठगिनु भएन । दुःख पाउनु भएन । कति जेलमा थुनिएका छन्, धेरै दुःख पाएका छन् ।”

सभापति देउवाले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनलाई दुःख पाएका नेपालीको समस्या समाधान गर्ने काममा लाग्न पनि निर्देशन दिए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट