Techie IT
Samayabaddha
मंगलबार, ५ फागुन, २०८२

पक्राउ परेपछि सिरोहियाले भने– दुइटा पासपोर्ट बोक्ने रविको नाममा वारेन्ट जारी हुनेमा विश्वस्त छु


कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले गृहमन्त्री रवि लामिछानेको नाममा भोलिनै वारेन्ट जारी हुने कुरामा आफू विश्वस्त भएको बताएका छन्।

मंगलबार थापाथलीस्थित कार्यकक्षबाटै पक्राउ परेका उनले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सो कुरा बताएका हुन्।

गृहमन्त्री लामिछानेले दुई वटा पासपोर्ट प्रयोग गरेको पुष्टि भएकाले उनलाई पनि वारेन्ट जारी हुनुपर्ने बताए।

उनले सरकार निरकुंशतातर्फ अघि बढेको र नवअधिनायकवादको रुपमा लिएको बताएका छन्।

‘नवअधिनायकवाद जो देखिएको छ, म यसको अन्तिम सम्म लडाईं लड्छु,’ उनले भनेका छन्।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट