Techie IT
Samayabaddha
मंगलबार, ५ फागुन, २०८२

सन्दीप लामिछानेको भिसा प्रक्रिया अघि बढ्यो, आज अन्तर्वार्ता


क्रिकेटर सन्दीप लामिछानेले अमेरिका जाने भिसा पाउने प्रक्रिया अघि बढेको छ।

त्यसका लागि नेपालस्थित अमेरिकी राजदूतावासले आज अपराह्न ४ बजे सन्दीपसँग अन्तर्वार्ता लिने भएको छ।

विश्वकप खेल्न अमेरिका पठाउन सन्दीपलाई भिसा दिन भनी सरकारले पनि नोट लेखिसकेको छ।

भिसा मिलेको खण्डमा सन्दीप आजै राति अमेरिका उड्ने छन्।

बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएपछि नेपाल क्रिकेट संघ क्यानले सन्दीपलाई पनि विश्वकपमा सामेल गराउने प्रक्रिया अघि बढाएकाे थियो।

तर अमेरिकी दूतावासले भिसा दिन नमान्दा उनी जान पाइरहेका थिएनन्। उनलाई भिसा दिन माग गर्दै हिजो मात्र माइतीघरमा समर्थकहरूले प्रदर्शन गरेका थिए।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट