Techie IT
Samayabaddha
मंगलबार, २४ चैत्र, २०८२

काठमाडौँ महानगरपालिकाको बजेट २५ अर्ब ७० करोड ६३ लाख २५ हजार


काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५  अर्ब ७० करोड ६३ लाख  २५ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।  महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले  नगरसभाको १५औं अधिवेशनकाे तेस्राे बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेकी हुन् ।

चालु आर्थिक वर्षको लागि कुल बजेट २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रूपैयाँ ल्याइएको थियो । महानगरले गत माघमा स‌ंशोधन गरेर २४ अर्ब ८ कराेड ५७ लाख रुपैयाँ पुर्‍याइएकाे थियाे ।

आर्थिक विकास क्षेत्रका कार्यक्रमका लागि १९ करोड ९ लाख रुपैयाँ, कार्यालय सञ्चालन र प्रशाससनिक क्षेत्रका लागि ३ अर्ब ४९ करोड ४५ लाख २९ हजार, पूर्वाधार विकासका लागि १४ अर्ब ८१ कराेड ५१ लाख ५१ हजार रुपैयाँ विनियाेजन गरेकेा डंगाेलले सुनाइन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट