Techie IT
Samayabaddha
शुक्रबार, २८ कात्तिक, २०८२

कोटेश्वरबाट एक जना पेस्तोलसहित पक्राउ


काठमाडौं, १५ पुस । काठमाडौँको कोटेश्वरस्थित होटलबाट पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ महानगरपालिका ३२ कोटेश्वरस्थित होटेल बिश्पुलबाट एउटा पेस्तोल, म्यागजिन र ९ राउण्ड गोलीसहित कोटेश्वर नरेफाट घर भएका ३३ वर्षीय सनराईज खड्कालाई प्रहरीले पक्राउ गरेको हो।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले होटेलको कोठा नम्बर ४०१ बाट उनलाई हतियारसहित फेला पारेको थियो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट