Techie IT
Samayabaddha
शुक्रबार, २८ कात्तिक, २०८२

पाल्पामा भारतीय जिप दुर्घटना हुँदा ६ जना घाइते


पाल्पा,१८ पुस । पाल्पामा भारतीय स्कार्पिओ जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

बुधबार साँझ सिद्धार्थ राजमार्ग हुँदै पोखराबाट बुटवलतर्फ जाँदै गरेको बीआर २२ बीडी २०२३ नम्बरको भारतीय नम्बर प्लेटको स्कार्पिओ बगनासकाली गाउँपालिका३ आर्यभन्ज्याङ नजिक सडकबाट तल खसेर दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी सुनिल मल्लका अनुसार घाइते सबै भारतीय नागरिक हुन्। उनीहरु सबैको लुम्बिनी मेडिकलमा उपचार गरिएको छ। ‘घाइते सबै खतरामुक्त छन्, धेरैजसो त डिस्चार्ज नै भैसके,’ मल्लले भने।

घुम्ती सडकमा तीव्र गतिमा गुडाउँदा गाडी पल्टिएको आशंका प्रहरीले गरेको छ। गाडी सडकभन्दा १५० मिटर तल खोलामा खसेको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट