Techie IT
Samayabaddha
बुधबार, २६ कात्तिक, २०८२

करेन्ट लगाएर माछा मार्न खोज्दा रामेछापमा युवकको मृत्यु


रामेछाप । रामेछापमा माछा मार्ने क्रममा आफैंले बोकेको ब्याट्री शर्ट भएर एक जनाको मृ्तयु भएको छ ।

तामाकोशी नदीमा करेन्ट लगाएर माछा मार्ने क्रममा ब्याट्री शर्ट हुँदा मन्थली नगरपालिका–७ चिसापानीका सुरेश माझीको मृत्यु भएको हो । उनी गएराति साथीहरूसँग माछा मार्न गएका थिए । उनीसँगै खोलामा गएका पाँच जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

केही वर्षदेखि रामेछापको लिखु, तामाकोशी र सुनकोशी नदीमा रातको समयमा अवैध रूपमा करेन्ट लगाए माछा मार्ने क्रम बढेको छ । नदीमा करेन्ट लगाएर माछा मार्दा नदीमा आश्रय लिएर बस्ने अन्य जलचर पनि मर्ने भएकाले करेन्ट लगाउनेहरूलाई कारबाही गर्नुपर्ने माग उठ्दै आएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट