Techie IT
Samayabaddha
बुधबार, २६ कात्तिक, २०८२

सुर्खेतमा ‘ग्याङ फाइट’, हुँदा दुईजना घाइते


सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित एरिचोक नजिकै ‘ग्याङ फाइट’ भएको छ । सोमबार भएको ‘ग्याङ फाइट’मा दुईजना घाइते भएका छन् ।

जसमा वीरेन्द्रनगर नगरपालिका–३ तातापानीका प्रकाश बुढा, मिलन रावत रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक अजय डाँगीले जानकारी दिए ।

उनका अनुसार दिपकजंग बुढा लगायतको टोलीले प्रकाशमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट प्रकाश घाइते हुनुका साथै दिपकजंग पक्षका मिलन पनि घाइते भएको उनले बताए । ‘ग्याङ फाइट’ भइरहेको सूचना आएपछि प्रहरी त्यहाँ पुगेको थियो, प्रकाशको टाउकोमा खुकुरी प्रहार भएको रहेछ,’ डाँगीले भने, ‘ दिपकजंग पक्षका मिलनलाई पनि चोट लागेको छ ।’ घाइतेहरूको उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा पठाइएको छ ।

दिपकजंग लगायतलाई नियन्त्रणमा लिइएको र घटनाबारे अनुसन्धान भइरहेको डाँगीले बताए ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट