Techie IT
Samayabaddha
बुधबार, २६ कात्तिक, २०८२

पाल्पामा जिप दसर्घटना हुँदा दुई जना घाइते


तानसेन, २३ माघ । पाल्पामा जिप दुर्घटना भएपछि दुई जना घाइते भएका छन् । बुधबार बिहान साढे ९ बजेतिर पाल्पाको बगनासकाली –८, देउरालीमा लु १ च ५३७२ नम्बरको जिप दुर्घटना भएको हो ।

कवाडी सामान बोकेर देउरालीदेखि तानसेनतर्फ गइरहेको जिप मोतीगैरा भन्ने स्थानमा दुर्घटनामा परेको थियो । जिप सडकबाट ५० मिटर तल खसेको स्थानीयले बताएका छन् ।

दुर्घटनामा परी जिप चालक कुशल न्यौपानेसहित दुई जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट