सिन्धुलीको गोलञ्जोरमा भएको दुर्घटनामा एकको मृत्यु, पाँच जना घाइते
काठमाडौं । झापाबाट काठमाडौंका लागि छुटेको निजी गाडी सिन्धुलीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । बा १–०३० च ९६४२ नम्बरको विद्युतीय गाडी (ईभी) बीपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–५ मा बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा गाडी चालक दोलखाको गौरीशङ्कर गाउँपालिका घर भएका २७ वर्षीय सुशान्त नेपालीको ज्यान गएको सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए । उनका अनुसार दुर्घटनामा घाइते भएकामध्ये मोरङको लेटाङ नगरपालिका–२ का ३४ वर्षीय देवी लिम्बूको अवस्था गम्भीर छ ।
इलाम देउमाई नगरपालिका–८ का ५३ वर्षीय सनबहादुर तामाङ, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ का २८ वर्षीया श्वेता गिरी र २८ वर्षीय सञ्जय रोक्का तथा झापाको बाह्रगढी गाउँपालिका–१ का २७ वर्षीय किस्कु मण्डल सामान्य घाइते भएका छन् । उनीहरुको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ ।
क्याटेगोरी : समाचार


















प्रतिक्रिया