करेन्ट लागेर गैँडाकोटमा विद्युत् कर्मचारीको मृत्यु
नवलपुर, २५ माघ । विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर नवलपुरको गैँडाकोटमा विद्युत् कर्मचारीको मृत्यु छ ।
पोलमा चढेर विद्युत् मर्मत गर्ने क्रममा जाजरकोटको भेरी नगरपालिका घर भएका ३३ वर्षीय आर्यनसिंह ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जेसी शाहले जानकारी दिए । गैँडाकोट नगरपालिका वडा न ५ कालिका चोकमा पुरानो पोलबाट नयाँ पोलमा बिजुलीको लाइन सार्ने क्रममा बिहीबार बेलुकी साढे ६ बजे ठकुरीलाई करेन्ट लागेको शाहले जानकारी दिए ।
एक्कासि करेन्ट लागेपछि उनको पोलमै मृत्यु भएको थियो । पोलमा झुन्डिएको अवस्थाको प्रहरीको सहयोगमा शव तल झारिएको थियो ।
क्याटेगोरी : समाचार


















प्रतिक्रिया