संखुवासभामा भरूवा बन्दुक सहित एक जना पक्राउ
संखुवासभा, २७ माघ । मकालु गाउँपालिका ५ खोत्ताकबाट भरूवा बन्दुक १ थान तथा बन्दुकमा प्रयोग हुने विभिन्न सरसामान सहित सोही ठाउँस्थित घर भाडामा लिई बस्ने मकालु गाउँपालिका ५ नुम घर भएका ३० वर्षीय हेमराज बिकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी नुम र इलाका प्रहरी कार्यालय हेदाङ्नाबाट खटिएको प्रहरीले उनी बस्नेघर तलासी गर्दा भरूवा बन्दुक, बन्दुकमा प्रयोग हुने नाल २ थान,बट १ थान, सोडा जस्तो देखिने पदार्थ२किलोग्राम, केप २४ पिस, फलामको टुक्रा १ थान, सिसाको छर्रा २५ पिस,बारूद करिब १ सय ग्रामलगायतका सरसामान शनिबार फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार


















प्रतिक्रिया