Techie IT
Samayabaddha
बुधबार, २६ कात्तिक, २०८२

कञ्चनपुरमा स्कुल बसको ठक्करबाट नाबालकको मृत्यु, चालक फरार


कञ्चनपुर, २८ माघ । कञ्चनपुरमा स्कुल बसको ठक्करबाट नाबालकको मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका ८ कलकत्ताको ज्ञान साधन बोर्डिङ स्कुलको बसले बेलडाँडी गाँउपालिका ३ खैरिघाटका दुई वर्षीय नाबालक सुशान्त कुँवरलाई ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डम्बरदत्त भट्टका अनुसार आइतबार साँझ विद्यार्थी छाडेर विद्यालय फर्किने क्रममा सडकमा खेलिरहेका बालकलाई ठक्कर दिएको हो ।

‘सुपप्र ०१-००१ ख ३६१० नम्बरको बस इलाका प्रहरी कार्यालय बेलौरीको नियन्त्रणमा छ,’ उनले भने, ‘बस चालक फरार छन् । खोजी कार्य भइरहेको छ ।’


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट