Techie IT
Samayabaddha
बुधबार, २६ कात्तिक, २०८२

कोलहपुरको अतिक्रमित जग्गा हटाउन प्रम ओली समक्ष ध्यानाकर्षण


बाँके, २८ माघ । बाँकेको कोहलपुरस्थित निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला नजिकै रहेको सरकारी जग्गाको अतिक्रमण हटाउन स्थानीयस्तरबाट भएको पहलकदमीले सार्थकता नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराइएको छ ।

बाँके क्षेत्र नम्बर १ का सांसद सूर्य ढकाल, कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य, नेकपा (एमाले) बाँकेका अध्यक्ष निरक गुरुङ, नेपाली कांग्रेस बाँकेका सभापति नारायण गौडेलसहितको टोलीले आइतबार राति प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेट गरी तत्काल जग्गाको अतिक्रमण हटाउन ध्यानाकर्षण गराएको हो ।

कोहलपुरका नगर प्रमुख आचार्यले कोहलपुर नगर विकास समितिको क्रिकेट मैदान आसपासको अरिब २८ विघा क्षेत्र लामो समयदेखि अतिक्रमणमा परेको जानकारी दिए ।

नगर प्रमुख आचार्यले भने, ‘‘नगरपालिकाले स्थानीय स्तरमा पहल गरी अतिक्रमण हटाउन खोजे पनि सफल नभएपछि प्रधाामन्त्रीको ध्यानाकर्षण गराएका छौं, अब सरकारी जग्गाको अतिक्रमण हट्ने आशा जगाएको छ ।’’

जिल्लास्थित सर्वदलीय बैठकले अतिक्रमित जग्गामा बनेका घर टहरा हटाउन गरिएको आग्रहका आधारमा गृह मन्त्रालयबाट सूचना प्रकाशन भइसक्दा पनि अतिक्रमण गर्ने पक्षले घर टहरा नहटाएकाले टोलीले प्रधानमन्त्री समक्ष अतिक्रमण हटाउन माग गरेको हो ।

प्रतिनिधिसभा सदस्य ढकालले भेटमा प्रधानमन्त्री ओलीले सरकारी सम्पत्तिको संरक्षणका लागि सरकार दृढ रहेको बताउँदै सङ्घीय सरकारका तर्फबाट अतिक्रमित जग्गा खाली गराउन मातहतका निकायलाई निर्देशन दिइने बताए । ढकालले सो अवसरमा बाँकेको समग्र विकास निर्माणको सन्दर्भमा प्रधानमन्त्री ओलीसमक्ष मागहरु प्रस्तुत गरिएको बताए ।रस्थित निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला नजिकै रहेको सरकारी जग्गाको अतिक्रमण हटाउन स्थानीयस्तरबाट भएको पहलकदमीले सार्थकता नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराइएको छ ।

बाँके क्षेत्र नम्बर १ का सांसद सूर्य ढकाल, कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य, नेकपा (एमाले) बाँकेका अध्यक्ष निरक गुरुङ, नेपाली कांग्रेस बाँकेका सभापति नारायण गौडेलसहितको टोलीले आइतबार राति प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेट गरी तत्काल जग्गाको अतिक्रमण हटाउन ध्यानाकर्षण गराएको हो ।

कोहलपुरका नगर प्रमुख आचार्यले कोहलपुर नगर विकास समितिको क्रिकेट मैदान आसपासको अरिब २८ विघा क्षेत्र लामो समयदेखि अतिक्रमणमा परेको जानकारी दिए।

नगर प्रमुख आचार्यले भने, ‘‘नगरपालिकाले स्थानीय स्तरमा पहल गरी अतिक्रमण हटाउन खोजे पनि सफल नभएपछि प्रधाामन्त्रीको ध्यानाकर्षण गराएका छौं, अब सरकारी जग्गाको अतिक्रमण हट्ने आशा जगाएको छ ।’’

जिल्लास्थित सर्वदलीय बैठकले अतिक्रमित जग्गामा बनेका घर टहरा हटाउन गरिएको आग्रहका आधारमा गृह मन्त्रालयबाट सूचना प्रकाशन भइसक्दा पनि अतिक्रमण गर्ने पक्षले घर टहरा नहटाएकाले टोलीले प्रधानमन्त्री समक्ष अतिक्रमण हटाउन माग गरेको हो ।

प्रतिनिधिसभा सदस्य ढकालले भेटमा प्रधानमन्त्री ओलीले सरकारी सम्पत्तिको संरक्षणका लागि सरकार दृढ रहेको बताउँदै सङ्घीय सरकारका तर्फबाट अतिक्रमित जग्गा खाली गराउन मातहतका निकायलाई निर्देशन दिइने बताए । ढकालले सो अवसरमा बाँकेको समग्र विकास निर्माणको सन्दर्भमा प्रधानमन्त्री ओलीसमक्ष मागहरु प्रस्तुत गरिएको बताए।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट