काठमाडौंको चावहिलमा एक युवकको शव फेला
काठमाडौं । काठमाडौंको चावहिलमा एक युवकको शव फेला परेको छ । सोमबार बिहान अन्दाजी २०र२१ वर्षीय युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।
चावहिलको कुमारीगालस्थित सडकमा उक्त शव फेला परेको हो । ती युवक लागुऔषध सेवनकर्ता रहेको अनुमान छ । उनको सनाखत हुन बाँकी छ ।
उनको हत्या गरिएको प्रहरीको आशंका छ । घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार



















प्रतिक्रिया