Techie IT
Samayabaddha
बुधबार, २६ कात्तिक, २०८२

कमलपोखरीको शान्दार मःम पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका दुई जनाको मृत्यु


काठमाडौं, २९ माघ । कमलपोखरीको शान्दार मःम पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका दुई जनाको मृत्यु भएको छ ।

उनीहरूको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उपचाररत रविन राई र भीमबहादुर घलेको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो । गत बिहीबार मःम पसलमा विस्फोट भएको थियो । उक्त विस्फोटमा परी ११ जना घाइते भएका थिए ।

२३ माघमा शान्दार मःममा ग्यास सिलिन्डर विस्फोट भएको थियो । अन्य घाइतेहरूको उपचार भइरहेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट