Techie IT
Samayabaddha
बुधबार, २६ कात्तिक, २०८२

नेपाल भ्रष्टाचार निवारणमा खस्कँदो स्थितिमा


काठमाडौं । नेपालमा भ्रष्टाचार हुने दर बढ्दै गएपछि भ्रष्टाचार निवारणमा नेपालको स्थिति खस्कदै गएको पाइएको छ। भ्रष्टाचारसम्बन्धी अवधारणाको मापन गर्ने ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आज सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकाङ्क  सीपीआई–२०२४ मा नेपालको गत वर्षको भन्दा एक अंक तल खस्किएको हो । भ्रष्टाचार अवधारणा सूचकाङ्क २०२४ मा नेपालले सयमा ३४ अंक ल्याएर विश्वव्यापी भ्रष्टाचार सूचकाङ्कमा नेपाल १०७औं स्थानमा परेको छ ।  अघिल्लो वर्ष नेपाल सयमा ३५ अङ्कका साथ १०८औं स्थानमा थियो ।

मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले यस्तो तथ्यांक सार्वजनिक गरेको हो।  नतिजाअनुसार भ्रष्टाचारविरुद्ध नेपालले प्रभावकारी रुपले काम कारबाही अगाडि बढाउन जरुरी देखिएको छ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको रिपोर्ट अनुसार दक्षिण एशियाली राष्ट्रहरूमध्ये सबैभन्दा कम भ्रष्टाचारको सूचीमा भूटानलाई औल्याईएको छ । भुटानले ७२ अंक प्राप्त गरी कम भ्रष्टाचार गर्ने मुलुकमा आफूलाई उभ्याउन सफल भएको छ । त्यस्तै भारतलाई पनि भ्रष्टाचारजन्य मुलुकमा गणना गरी ३८ अंक दिइएको छ ।

त्यस्तै माल्दिभ्स ३८, श्रीलंकाले ३२ अंक प्राप्त गरी भ्रष्टचारमा नेपालको भन्दा पनि नाजुक स्थिति देखिएको रिपोर्टमा औल्याइएको छ । पाकिस्तानको २७, बंगलादेशको २३, अफगानिस्तानको १७ अंक रहेको छ। चीनले ४३ अंक प्राप्त गरेको छ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले गरेको करप्शन पर्सेप्शन इण्डेक्स –सिपिआई) २०२४ ९भ्रष्टाचार अवधारणा सूचकाङ्क—२०२४० मा १८० देशहरू सम्मिलित छन्। यस सूचकाङ्कमा डेनमार्क विगत ७ वर्षदेखि लगातार ९० अंक प्राप्त गरी विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा रहेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष मदनकृष्ण शर्माले बताए।

उनकाअनुसार यस वर्ष विश्व बैंकको सर्वेक्षणमा केही सुधार देखिए पनि वर्ल्ड इकोनोमी फोरम र ग्लोवल इनसाइटको सर्वेक्षणका तथ्यांकले निर्यात, कर, ठेक्का व्यवसाय, आयात जस्ता सरकार र व्यवसायीक क्षेत्र सम्बन्धित कार्यका साथै न्यायिक निर्णयमा भ्रष्टाचार बढेको देखाएको बताए।

नेपालले २०१५ देखि २०२४ सम्मका १० वर्षमा क्रमशः २७, २९, ३१, ३१, ३४, ३३,३३, ३४, ३५, ३४ अंक प्राप्त गरेको छ। भ्रष्टाचार नियन्त्रणका लागि नेपालले राजनीतिक क्षेत्रको सदाचार प्रतिको प्रतिवद्धतामा अभिवृद्धि, सरकारी क्षेत्रमा हुने घुसखोरी र भ्रष्टाचारमाथि निष्पक्ष कारबाही, स्वच्छ न्यायिक प्रक्रियाको सुनिश्चितता र व्यवसायिक क्षेत्रसँग सम्बन्धित भ्रष्टाचार नियन्त्रणमा प्रभाकारी कदम चाल्न सुझाव दिएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट