Techie IT
Samayabaddha
बुधबार, २६ कात्तिक, २०८२

झापामा एक महिलाको शव घरभित्रै फेला


झापा, ३० माघ । झापामा एक महिलाको शव घरभित्रै फेला परेको छ । शिवसताक्षी नगरपालिका–११, दुधेमा एक्लै बस्दै आएकी ५५ वर्षीया गङ्गाकुमारी लिम्बूको शव फेला परेको छ ।

लिम्बूको शव उनकै घरभित्र गएराति फेला परेको बताइएको छ । अस्तिदेखि सम्पर्कविहीन भएकी उनी गएराति मृत अवस्थामा फेला परेकी हुन् ।

झ्यालबाट हेर्दा भान्सा कोठामा लडिरहेको देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । उनका श्रीमान भारतमा रहेको बुझिएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट