Techie IT
Samayabaddha
बुधबार, २६ कात्तिक, २०८२

प्रहरीमाथि भइरहेको कुटपिट र दुर्व्यवहार घटनाका दोषीलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन


काठमाडौं, ३० माघ । गृहमन्त्री रमेश लेखकले प्रहरीमाथि भइरहेको कुटपिट र दुर्व्यवहार घटनाका दोषीलाई कारबाही गर्न निर्देशन दिएका छन्। बुधबार बिहान गृह मन्त्रालयमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरसहित उच्च पदस्थ प्रहरी अधिकारीहरूलाई बोलाएर मन्त्री लेखकले छानबिन गरी कारबाही गर्न निर्देशन दिएका हुन्।

शान्ति सुरक्षा कायम गर्ने क्रममा प्रहरीमाथि भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले प्रहरीलाई छानबिन गरी दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन निर्देशन दिए।

केही स्थानमा केही दिनयता सुरक्षाकर्मीमाथि नै कुटपिट दुर्व्यवहार भइरहेका घटनाहरू सार्वजनिक भइरहेकोप्रति सचेतता अपनाउँदै शान्ति सुरक्षा कायम गर्न प्रहरी थप सक्रिय भएर लाग्नुपर्नेमा मन्त्री लेखकको जोड थियो।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट