मेलम्चीको पाइप फुटेपछि बबरमहलस्थित सरकारी भवन जलमग्न
काठमाडौँ, ३० माघ । मेलम्चीको पाइप फुटेर पानी पसेपछि बबरमहलस्थित विशेष अदालतलगायतका सरकारी भवन जलमग्न बनेका छन् । बबरमहलको सडकमा रहेको पानीको पाइप फुटेपछि त्यहाँबाट बगेको पानी सरकारी भवन परिसरसम्म पुगेको हो । काठमाडौं जिल्ला अदालत अगाडि पाइप फुटेको हो ।
वन परिसर, विशेष अदालत, काठमाडौं जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा बाढी पसेको छ । पानी जमेर त्यहाँ रहेका सवारी साधनहरू डुबेका छन् भने त्यहाँ अवतजावतमा पनि समस्या भएको छ । यता सडकमा यातायात समेत प्रभावित भएको छ ।
अहिले बबरमहलमा नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरीको टोली खटिएको छ ।
क्याटेगोरी : समाचार



















प्रतिक्रिया