Techie IT
Samayabaddha
बुधबार, २६ कात्तिक, २०८२

नागढुंगाबाट सुनसहित दुई जना भारतीय नागरिक पक्राउ


काठमाडौं, १ फागुन । काठमाडौंको नागढुंगाबाट सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा.प्र ०१००२ ख ०५४२ नम्बरको बसमा सवार भारत महाराष्ट्रका २७ वर्षीय महेश अमृत मानी र २४ वर्षीय राहुल खडु सरकला सुनसहित पक्राउ परेका हुन् ।

मानी र सरकलालाई ३१८ ग्राम सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट