Techie IT
Samayabaddha
मंगलबार, १८ कात्तिक, २०८२

माइडिया ब्रान्डको डिसवासर नेपालमा


अप्लाइन्स उत्पादक माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले आधुनिक  बीएलडीसी मोटर र वाइफाइ आधारित आईओटी स्मार्ट सिस्टमको साथमा स्मार्टहोम एपको सुविधा  रहेको मिडिया ब्राण्डको नयाँ डिसवासर नेपाली बजारमा ल्याएको छ।

माइडिया ब्रान्डको डिसवासर नेपाली घर परिवारको लागि उपयुक्त हुने कम्पनीको दाबी छ। यसको १२ प्लेट सेटिङले  ठूलो परिवारका लागि उपयुक्त क्षमता प्रदान गर्ने कम्पनीले उल्लेख गरेको छ।

यसले चिल्ला भाडाहरु पनि सजिलै सफा गर्ने र यसमा एलईडी लाइट र डिस्प्ले इन्डिकेटर पनि रहेकाले सजिलो निगरानी गर्न मद्दत गर्ने कम्पनीले उल्लेख गरेको छ। यसमा आफैं सफा हुने फिल्टर सिस्टम छ।

माइडिया डिसवासरले विशेषगरी सफाइ र स्वास्थ्य सुरक्षामा उच्च ध्यान दिएको कम्पनीले उल्लेख गरेको छ।

यसमा एन्टी ब्याक्टेरियल फिचर र अल्ट्रा हाइजिन प्रणाली रहेकाले भाँडाहरूलाई ब्याक्टेरिया र कीटाणुबाट सुरक्षित राख्ने कम्पनीको दाबी छ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट