Techie IT
Samayabaddha
बिहीबार, १८ वैशाख, २०८२

कर्जा ग्राहकलाई एनआईसी एशियाको छुट योजना


एनआइसी एशिया बैंकले छुट सम्बन्धी योजना सार्वजनिक गरेको छ । बैंकले २०८० चैत मसान्तसम्म भाखा नाघेका कर्जाको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम यही जेठ महिनाभित्र चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण वक्यौता ब्याज रकममा समेत छुट प्रदान गर्ने योजना ल्याएको छ ।

देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्‍याउने उद्देश्यले उक्त योजना ल्याएको बैंकको भनाइ छ । मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालुपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जालगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जामा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकले यस योजनामा सहभागी भई लाभ लिन सक्ने बताइएको छ ।

यो छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकहरूको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुनरुत्थान एवं दिगो सबलीकरणमा समेत टेवा पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट