Techie IT
Samayabaddha
आईतबार, २२ असार, २०८२

निर्देशक भट्टले निभाए निर्णायकको भूमिका


शंकर तिमल्सिना

अधिकांश निर्माता, कलाकार तथा प्राविधिकहरूको अत्यधिक रोजाइमा परेका म्युजिक भिडियो निर्देशक केशवराज भट्टले निर्णायकको भूमिका निर्वाह गरेका छन् । ‘पावर इन्टरनेशनल मिडिया नेपाल’ (पिम नेपाल)ले काठमाडौंमा आयोजना गरेको ‘८औं राष्ट्रिय समावेशी म्युजिक अवार्ड–२०८१’ मा उनलाई उक्त जिम्मेवारी दिइएको हो । र त भट्टलाई कार्यक्रमका प्रमुख अतिथि बन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, निर्णायक मण्डलका संयोजक वरिष्ठ संगीतकार सन्तोष श्रेष्ठ र आयोजक संस्था पिम नेपालका अध्यक्ष माधवराज खरेलद्धारा हस्ताक्षरित प्रसंशापत्र प्रदान गरिएको छ ।

उसो त लोकप्रिय निर्देशक भट्ट यसअघि पनि ‘दोस्रो उपमा राष्ट्रिय अवार्ड–२०८१’ मा निर्णायक भइसकेका छन् । साथै, कुशल म्युजिक भिडियो निर्देशकको हैसियतमा उनलाई थुप्रै सम्मान, पुरस्कार तथा अवार्ड पनि दिइएको छ । उनले ‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड–२०२२’, ‘निम अवार्ड–२०२४’, ‘छायाँछवी अवार्ड–२०२४’, ‘नेशनल क्यापिटल अवार्ड–२०२५’, ‘राष्ट्रिय म्युजिक भिडियो निर्देशक योगदान सम्मान–२०७८’, ‘मिलाप राष्ट्रिय व्यक्तित्व सम्मान–२०७९’ आदि पाइसकेका छन् ।

हालसम्म तीन सयभन्दा बढी उत्कृष्ट म्युजिक भिडियो निर्देशन गरिसकेका भट्टको तिमीसँग नजर जुधाई…(रिमिक), पिरती बस्यो…(रिमिक), एकै नजरमा…, कौवा कराते…, आँखाको नूर…, पाउजु…, गाजलु…, राजाको भैसी…, अद्भूत माया…, झिमझिम परेली…, नाच्ने हो हिल भाँच्ने गरी…, म केही यस्तो लेखौं…, आधि आशा…, खुसी तिमीलाई…, तिमीसामु आएर…, आँखी झ्यालैमा…, कासैको सोई सोई…, तारा झारिदिन्छु…, तिम्रो माया तिम्रो छाया…, आफ्नै बाटो…, तिमीलाई चाहेर मनले…, टाढा टाढा…, तिम्रै साथमा…, हामी जनतालाई धेरै गाह्रो छ…, मुखै चिलाउने…, आकाश यो रहुन्जेल…, मन मिट…, फिँजाई पंखा…, यो दुनिया त बेग्लै भए नि…, छुट्दा आँसु खसे…, झरी…, चिसो लाग्यो…, भर्खरै लगेको अर्थर…, एउटै चाहना…, हरपर म तिम्रै…, चाहन्छु तिमीलाई…, चोखो माया बस्न देऊ…, देखें तिमीलाई…, ए रिठ्ठे…, बाजी मै मार्छु…, तिमीलाई अँगालोमा…लगायत निकै चर्चित छन् । उनी नेपाल म्युजिक भिडियो निर्देशक समाजको सदस्य पनि हुन् ।


क्याटेगोरी : मनोरञ्जन

प्रतिक्रिया


ताजा अपडेट