Techie IT
Samayabaddha
आईतबार, २२ चैत्र, २०८२

उपचाररत अर्थमन्त्री पौडेल र मेयर धनराज आचार्यसँगको भेटघाट बन्द


काठमाडौँ, ४ फागुन । कीर्तिपुर अस्पतालले जलनको उपचार गराइररहेका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यसँगको भेटघाट बन्द गरेको छ।

अहिलेलाई घाउको अवस्था सामान्य भए पनि सङ्क्रमको जोखिम रहेको भन्दै अस्पतालले विज्ञप्तिमार्फत भेटघाट पूर्णरुपमा बन्द गरिएको जानकारी गराएको हो।

अस्पतालका मेडिकल निर्देशक डा. निजीना ताम्राकार र निर्देशक डा. किरण किशोर नकर्मीले संयुक्त रुपमा सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘घाउको अवस्थाबारे आज ड्रेसिङ भएपछि अद्यावधिक गरिनेछ र हाललाई अवस्था सामान्य भए तापनि सङ्क्रमण हुने भएको हुँदा हाललाई भेटघाट अर्को सूचना नआएसम्म पूर्णरुपमा बन्द गरिएको छ।’

शनिबार पोखरा पर्यटन महोत्सवको उद्घाटनको अवसरमा उडाउने क्रममा बेलुन पड्किँदा उहाँहरु दुवैजना घाइते भएका हुन्। उनीहरुलाई पोखराबाट शनिबार नै उपचारका लागि कीर्तिपुर अस्पताल ल्याइएको हो।


क्याटेगोरी : स्वास्थ्य/जीवन शैली

प्रतिक्रिया


ताजा अपडेट