Techie IT
Samayabaddha
शनिबार, २१ असार, २०८२

रसियालाई शान्तिका निम्ति दबाब दिन युक्रेनी राष्ट्रपतिको आह्वान


युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आवश्यक सबै हिसाबले रसियालाई शान्तिका लागि दबाब दिन पश्चिमा नेताहरूलाई आग्रह गरेका छन् । स्पेनमा बोल्दै जेलेन्स्कीले युक्रेनलाई ध्वस्त गर्न अघि बढिरहेको रसियालाई रोक्न ठोस कदम चालिनुपर्ने जनाएका हुन् । उनले रसियाले क्रिमियालगायत युक्रेनका सबै भू–भाग रसियाले नछोडेसम्म आफूले रसियासँग प्रत्यक्ष सम्झौता नगर्नेसमेत बताएका छन् ।

यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन निकटस्थ स्रोतहरूलाई उद्धृत गर्दै रसियाले कब्जा गरेका युक्रेनी भू–भागलाई सीमा क्षेत्र मानेर पुटिन शान्ति वार्ताका लागि तयार रहेको जनाएका थिए ।

युक्रेनका राष्ट्रपतिले युक्रेनविरुद्धको युद्धमा रसियाले उपलब्धी हासिल गरेको तर युक्रेनलाई पश्चिमाले दिएको हतियार कम भएको रुपमा पछिल्लो अभिव्यक्ति दिएको मानिएको छ ।

उनका अनुसार रसियाले युक्रेनमा महिनामा ३२०० गाइडेड एरियल बम फालिरहेको जनाउँदै त्यसविरुद्ध कसरी लड्ने भन्ने प्रश्न उठाएका छन् । मेड्रिडमा प्रधानमन्त्री पेड्रो सान्चेजसँगको भेटपछि पत्रकारसँगको कुराकानीमा युक्रेनका राष्ट्रपति जेलेन्स्कीले सो बताएका हुन् ।

रसियाका राष्ट्रपति पुटिनलाई स्वीजरल्याण्डमा आगामी महिनाका लागि प्रस्तावित  शान्ति शिखर सम्मेलनमा आमन्त्रण  गर्न अस्वीकार समेत गरेका  छन् । सो शिखर सम्मेलनमा विश्वका ९० देशका प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको जनाइएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट