Techie IT
Samayabaddha
मंगलबार, १७ असार, २०८२

युक्रेनद्वारा रुसमा पहिलोपटक लामो दूरीको क्षेप्यास्त्र आक्रमण


युक्रेनले रुसको ब्रायन्स्क सीमा क्षेत्रमा रहेको सैन्य शिविरमा अमेरिकाले आपूर्ति गरेको लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको रुसी सेनाले जनाएको छ । यो आक्रमण अमेरिकाले आफ्नो हतियार प्रयोग गर्न अनुमति दिएपछिको पहिलो भएको रुसको दाबी छ ।

रुसी सैन्य मन्त्रालयका अनुसार ब्रयान्स्क क्षेत्रमा युक्रेनले ६ वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । युक्रेनले महिनौँदेखि अमेरिकासँग रुसमा आक्रमण गर्न लामो दूरीको क्षेप्यास्त्र प्रयोग गर्न दिन माग गर्दै आएको थियो ।

रुसको रक्षा मन्त्रालयले आफ्नो हवाई सुरक्षाले पाँचवटा क्षेप्यास्त्र खसालेको र छैटौँको टुक्रा भने सैन्य क्षेत्रमा खसेर आगलागी भएको बताएको छ । मानवीय क्षति भने नभएको खबरमा उल्लेख छ ।

यसैबीच, मस्कोले रुसको अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्षेत्रमा आक्रमण गर्न पश्चिमी हतियारको प्रयोगले अमेरिकालाई द्वन्द्वमा प्रत्यक्ष सहभागी बनाउने र उचित र स्पष्ट जवाफ दिने चेतावनी दिएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट