Techie IT
Samayabaddha
शनिबार, १९ पुस, २०८२

दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय समक्ष उपस्थित हुन अस्वीकार


दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले देशको भ्रष्टाचार निगरानी निकाय समक्ष उपस्थित हुन अस्वीकार गरेका छन् । डिसेम्बर ३ मा सैनिक शासनको अल्पकालीन घोषणापछि संसद्ले उनलाई गएको हप्ता जिम्मेवारीबाट हटाएको थियो ।

भ्रष्टाचार अनुसन्धान कार्यालयका अनुसन्धानकर्ताहरूले राष्ट्रपति युनलाई विद्रोह र शक्तिको दुरुपयोगको आरोपमा सोधपुछका लागि सियोलमा रहेको कार्यालयमा बोलाएकोमा उनी अनुपस्थित भएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । राष्ट्रपति युनको कानूनी टोलीले अदालतमा मुद्दा लड्ने प्रतिबद्धता भने जनाएको छ ।

भ्रष्टाचार अनुसन्धान कार्यालयका प्रमुख ओह डोङ–वुनले पक्राउ पुर्जी जारी गर्ने वा नगर्नेबारे पनि ‘छलफल’ भइरहेको बताएका छन् ।

राष्ट्रपति युनमाथि दक्षिण कोरियाली अभियोजकका साथै प्रहरी, रक्षा मन्त्रालय र भ्रष्टाचार विरोधी अनुसन्धानकर्ताहरूको संयुक्त टोलीले अनुसन्धान गरिरहेको छ । राष्ट्रपतिमाथि अहिले पनि अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध छ ।

दक्षिण कोरियाको संवैधानिक अदालतले अस्ति सोमवारदेखि युनविरुद्ध मुद्दा चलाएको छ र महाभियोगलाई कायम राख्ने कि नराख्ने भन्ने विषयमा छुट्टाछुट्टै छलफल गरिरहेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट