विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित ५ जनाको मृत्यु
काठमाडौं । भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको एक विमान दुर्घटनामा मृत्यु भएको छ ।बुधबार बिहान ८:४५ बजे बारामतीमा उनको विमान दुर्घटनाग्रस्त भएको थियो।
विमानमा अजित पवार बाहेक अन्य चार जना सवार थिए, जसमा दुई चालक दलका सदस्य ९क्रू मेम्बर० र अजित पवारका दुई सहयोगीहरू थिए । दुर्घटनामा कोही पनि जीवित बच्ने सम्भावना छैन ।
पवारले चार्टर्ड विमानबाट मुम्बईबाट बारामती यात्रा गरेका थिए। अवतरणको क्रममा विमान धावनमार्गबाट चिप्लिएको थियो।
नागरिक उड्डयन महानिर्देशनालय ९डीजीसीए० ले दुर्घटनामा पाँच जनाको मृत्यु भएको पुष्टि गरेको छ। केही समय अघि मात्र ५ जनाको मृत्यु भएको रिपोर्ट आएको थियो।
अजित पवार महाराष्ट्र पञ्चायत चुनावको लागि चार र्यालीहरूलाई सम्बोधन गर्न बारामती जाँदै थिए। शरद पवार र सुप्रिया सुले भने दिल्लीमा थिए। बारामती विमानस्थलमा अवतरणका क्रममा यो विमान रनवे नजिकै दुर्घटनाग्रस्त भयो र त्यसमा आगो लाग्यो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय

















प्रतिक्रिया