अस्ट्रेलियामा अनियन्त्रित कार घरभित्र पस्दा सुतिरहेकी नेपाली महिलाको मृत्यु
काठमाडौं । अस्ट्रेलियामा भएको एक दर्दनाक दुर्घटनामा एक नेपाली महिलाको मृत्यु भएको छ। पश्चिमी अस्ट्रेलियाको पर्थ सहरमा शुक्रबार मध्यराति अनियन्त्रित कार एक घरभित्र छिर्दा ५३ वर्षीया विष्णुकुमारी गुरुङको ज्यान गएको हो।
स्थानीय प्रहरीका अनुसार शुक्रबार राति करिब ११:४० बजे अलेक्जेन्डर रोड हुँदै रिभरभेल क्षेत्रतर्फ गइरहेको कार अनियन्त्रित भई एक घरमा ठोक्किएको थियो। सो क्रममा कार घरभित्रै पसेको थियो।
दुर्घटनाका बेला विष्णुकुमारी उक्त घरको अघिल्लो कोठामा सुतिरहेकी थिइन्। कारको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
केही दिनअघि मात्र पर्थ पुगेकी विष्णुकुमारी छोरी–ज्वाइँको घरमा बस्दै आएकी थिइन्। छोरीले सन्तान जन्माएपछि सहयोगका लागि उनी अस्ट्रेलिया गएकी थिइन्।
दुर्घटनामा संलग्न कार चालक ३६ वर्षीय राइस हकिन्सलाई शनिबार प्रहरीले पक्राउ गरेको छ। उनलाई आइतबार अदालतमा उपस्थित गराइएको भए पनि धरौटीमा छाड्न अस्वीकार गरिएको छ। घटनासम्बन्धी अर्को सुनुवाइ फेब्रुअरी १८ मा तोकिएको छ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय


















प्रतिक्रिया