Techie IT
Samayabaddha
बुधबार, १३ फागुन, २०८२

संयुक्त राष्ट्र संघको महासभामा रुसविरुद्ध प्रस्ताव पारित, अमेरिका मतदानमा तटस्थ


काठमाडौं । संयुक्त राष्ट्र संघको महासभा मा युक्रेनले पेश गरेको रुसविरुद्धको प्रस्तावमा भएको मतदानमा अमेरिकाले तटस्थ रहने निर्णय गरेको छ।

महासभामा भएको मतदानमा कुल १०७ राष्ट्रले प्रस्तावको समर्थन गरेका छन् भने रुस, बेलारुस, इरान र उत्तर कोरियासहित १२ देशले विपक्षमा मत दिएका छन्। अमेरिकासँगै आर्मेनिया, ब्राजिल, हंगेरी, कजाकिस्तान, सर्बिया र उज्वेकिस्तान गरी ५१ देश मतदानमा तटस्थ बसेका छन्।

रुसकी उप–स्थायी प्रतिनिधि अन्ना येभस्टिग्नेभा ले युक्रेनले यदि दिगो शान्ति चाहेको भए कूटनीतिक पहल र आपसी स्वीकार्य समाधानतर्फ उन्मुख हुनुपर्ने बताएकी छन्। उनले युक्रेनले दुवै देशका लागि स्थायी सुरक्षा प्रत्याभूति खोज्नुको सट्टा राजनीतिक उद्देश्यले महासभाको ११ औँ विशेष आपतकालीन सत्रमार्फत मतदान गराएको आरोप लगाइन्।

उनले महासभाका प्रस्तावहरू संयुक्त राष्ट्र सुरक्षा परिषद् का निर्णयसरह बाध्यकारी नहुने स्पष्ट पार्दै एक वर्षअघि सुरक्षा परिषद्ले प्रस्ताव २७७४ पारित गरी द्वन्द्वको शान्तिपूर्ण समाधानको आवश्यकता दोहोर्‍याइसकेको दाबीसमेत गरिन्।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट