Techie IT
Samayabaddha
आईतबार, २१ वैशाख, २०८२

काठमाडौं आइपुगे ओमानका विदेशमन्त्री


काठमाडौं । ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन् ।

उहाँ परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको निमन्त्रणामा केहीबेरअघि काठमाडौं आइपुगेका मन्त्रालयले जनाएको छ । दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि पहिलो पटक ओमानबाट उच्च भ्रमण भएको हो ।

विदेशमन्त्री बल्सुसैदीले भोलि बिहान परराष्ट्रमन्त्री राणासँग द्विपक्षीय वार्ता गर्नेछन् । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेर फर्कने कार्यक्रम छ ।

नेपाल र ओमानबीच सन् १९७७ को जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । पश्चिम एशियाको महत्त्वपूर्ण देश ओमानमा नेपालले सन् २०१३ को सेप्टेम्बर १ मा दूतावास खोलेको थियो ।

नेपाल र ओमान विश्वस्तरका विभिन्न विषयमा समान विचार र धारणा राख्छन् । दुवै देश संयुक्त राष्ट्रसङ्घका सदस्य हुन् भने असंलग्न आन्दोलनमा पनि दुवै सँगै छन् । ओमानमा अहिले झन्डै २४ हजार नेपाली श्रमिक छन् ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट