२४ घण्टामा काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा भारी वर्षा

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकासहित देशका धेरे ठाउँमा भारी बर्षा भएको छ । मनसुनी प्रणाली सक्रिय भएका कारण हिजो दिउँसोदेखि विभिन्न क्षेत्रमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै गोर्खाको बारपाकमा १०२ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै सिन्धुपाल्चोकको ढुङ्गेमा ७६ दशमलव २, धादिङको गजुरीमा ७१ दशमलव २, सिन्धुलीको कुसुमटारमा ७१ दशमलव २, चितवनको शक्तिखोलमा ६४ दशमलव ६ मिलिमिटर पानी परेको छ ।
यस्तै पर्वत, लमजुङ, नुवाकोट, काठमाडौं, ललितपुर, भक्तपुर, म्याग्दी, बाग्लुङलगायतका जिल्लामा पनि सामान्यदेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया