Techie IT
Samayabaddha
आईतबार, २१ वैशाख, २०८२

सरकारी जग्गा दुरुपयोग भएपछि फिर्ता गर्न चाकामकल टोल सुधार समितिको अपिल


काठमाडौं । सरकारी जग्गा फिर्ता गर्न चाकामकल टोल सुधार समितिले अपिल गरेको छ । महालक्ष्मी नगरपालिका लुभु प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माण गर्ने प्रयोजनको लागि स्वीकृत लिएर अनाधिकृत रुपमा गैरकानूनी तवरले कानून विपरित नाफामूलक पानी सप्लाई कम्पनीलाई जग्गा उपभोग गर्ने कम्पनीलाई नेपाल सरकारको नाममा दर्ता श्रेस्ता कायम रहेको जग्गालाई दुरुपयोग गरेकोले पुर्ववत अवस्थामा फिर्ता गर्न अपिल गरेको हो ।

जग्गाको ब्यापक दुरुपयोग हुँदा यस क्षेत्रमा बातावरणीय, ऐतिहासिक, पुरातात्विक, धार्मिक, साँस्कृतिक महत्वका क्षेत्रमा र वातावरणीयय असर भई भूक्षय लगायतका प्रभावहरु देखिएका कारणले माटो भासिन गई पहिरो समेत जान थालेकोले सम्बन्धित सवै पक्षहरुको आवश्यक पहल गरी पाउन टोल सुधार समितिले अपिल गरेको हो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट