Techie IT
Samayabaddha
सोमबार, २२ वैशाख, २०८२

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग अझै खुलेन, खुलाउने प्रयास जारी


काठमाडौं । पहिरोले अवरुद्ध कर्णाली राजमार्ग अझै खुलेको छैन । गएरातिको वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ गगनेखोला र एसमोडमा पहिरो खसेको हो । तर आज दिनभर खुलाउने प्रयास भए पनि लगातार पानी परिरहेकाले नसकिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

अब सडक खुलाउन भोलिबिहान मात्रै काम थालिने भएको छ । कर्णाली राजमार्गमा निरन्तर पहिरो खस्दा आवागमनमा कठिनाइ भएको छ । सडक डिभिजन कार्यालयले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न अनुरोध गरेको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट