Techie IT
Samayabaddha
शनिबार, ३० फागुन, २०८२

खुर्कोटमा बेलिबृज जडान शुरू


काठमाडौं । सुनकोशी नदीमा आएको बाढीले बगाएको सिन्धुली र रामेछाप जोड्ने खुर्कोटमा नेपाली सेनाले बेलिबृज जडान शुरू गरेको छ ।

सिन्धुलीको गोलन्जोर–७ र रामेछाप मन्थली–६ बीच रहेको बीपी तथा पुष्पलाल राजमार्ग जोड्ने पक्की पुलको आधा भाग सुनकोशीको बाढीले बगाएपछि अवरुद्ध राजमार्ग यथाशीघ्र सञ्चालन गर्न हिजोदेखि बेलिबृज जडानको काम थालेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाले सुनकोशी नदीमाथि पुलको आधा अर्थात करिब ५१ मिटर क्षेत्रमा बेलिबृज जडान गर्नेछ । पुल जडान गर्न आवश्यक पर्नेमध्ये ९५ प्रतिशत सामग्रीको व्यवस्थापन भइसकेको सेनाले जनाएको छ ।

पुल बगाएर सडक अवरुद्ध भएपछि रामेछाप, सिन्धुली, ओखलढुङ्गालगायत देशका विभिन्न मागमा पुग्ने यात्रुलाई असहज भएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट