Techie IT
Samayabaddha
बुधबार, २६ कात्तिक, २०८२

बीपी राजमार्ग थप मर्मतका लागि आजदेखि रातको समयमा बन्द हुने


काठमाडौं । बीपी राजमार्गको धुलिखेल–भकुण्डेवेसी–वर्षेखोला सडक खण्ड थप मर्मतका लागि आजदेखि रातको समयमा बन्द हुने भएको छ । यो सडक खण्ड बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म १० घण्टा बन्द हुने भएको हो ।

यो खण्ड गएको असोज १०, ११ र १२ गतेको अविरल वर्षापछिको बाढी र पहिरोले क्षति गरेको छ । डिभिजन सडक कार्यालय भक्तपुरले सूचना निकालेर बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने जानकारी दिएको छ ।

काभ्रे जिल्लाभित्र पर्ने १ नम्बरपुल–चौकीडाँडा–वर्षेखोला खण्डको झन्डै ८ किलोमिटर सडक ट्र्याकको मर्मत तथा सुधार गर्न सडक खण्ड बन्द गर्न लागिएको डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए।

बाढी पहिरोले बन्द भएको यो राजमार्ग गएको शुक्रवारदेखि मात्र अस्थायी रूपमा सञ्चालनमा आएको हो ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट