Techie IT
Samayabaddha
शुक्रबार, १९ वैशाख, २०८२

हिजबुल्लाहको गढ मानिएको क्षेत्र खाली गर्न चेतावनीसँगै बेरुतमा आक्रमण


लेबनानको हिजबुल्लाह समूहको गढ मानिएको क्षेत्र खाली गर्न नागरिकलाई चेतावनीपछि इजरायलको सेनाले बेरुतमा हवाई आक्रमण थालेको छ ।

हिजो मात्रै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्नो निवासमा आक्रमण गरेर इरान–समर्थित हिजबुल्लाह समूहले हत्याको प्रयास गरेको आरोप लगाएका थिए । लगत्तै आक्रमणका घटना भएका हुन् ।

आज बिहान एक मस्जिद र अस्पताल नजिकै एक आवाशीय भवनलाई निशाना बनाउँदै बेरुतको दक्षिणी उपनगरमा दुई वटा आक्रमण भएको बीबीसीले जनाएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार गएको सेप्टेम्बर अन्त्यदेखि शुरू भएको युद्धबाट लेबनानमा कम्तीमा एक हजार चार सय ५४ जनाको मृत्यु भईसकेको छ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


ताजा अपडेट