Techie IT
Samayabaddha
बिहीबार, २७ कात्तिक, २०८२

शारदा अधिकारीले तिहारमा दिएको डेढ लाखको दानले छायो चर्चा, बागमती प्रदेशका विद्यार्थी नेताहरूले गरे प्रशंसा


शंकर तिमल्सिना

तिहारको अवसरमा अखिल (क्रान्तिकारी) बागमती प्रदेशले आयोजना गरेको देउसी भैलो कार्यक्रममा शारदा अधिकारीले दिएको डेढ लाखको दानले चर्चा पाएको छ ।  शारदा अधिकारी, जो शैलुंग कन्स्ट्रक्सनका प्रोपाइटर, ‘क’ श्रेणीका ठेकेदार र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटीका रुपमा चर्चित छन्, उनले सबैभन्दा बढी रकम दान गरेका हुन् ।

बागमती प्रदेशका विद्यार्थी नेताहरूले शारदा अधिकारीको यो उदारता र योगदानलाई प्रशंसा गर्दै भनेका छन्, “दानी हुनु त शारदा अधिकारी जस्तो हुनु,  वली राजाको संस्कारका नयाँ उत्तराधिकारी देखिए ।” उनले तिहारको समयमा खेलेको देउसी भैलोमा सहभागी भई डेढ लाख रकम दान गरेका थिए , जसले अखिल क्रान्तिकारी वृत्तमा देशभरि चर्चा ल्याएको छ ।

पार्टीका अध्यक्ष प्रचण्ड र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले पनि एक/एक लाख रुपैयाँको दान गरे भने पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनले पचास हजार दान गरेका छन् । यस्तै, बागमती प्रदेशका युवा नेताहरूले सरदर पचास हजारको दान गरेका थिए ।

शारदा अधिकारीको यो उदारता र योगदानले तिहारको पावन अवसरमा विद्यार्थी नेताहरू र समाजका विभिन्न वर्गबाट प्रशंसा प्राप्त गरेको विद्यार्थी नेताले भन्दै हिंडेका छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट