Techie IT
Samayabaddha
मंगलबार, १७ असार, २०८२

ब्राजिलको सर्वोच्च अदालत नजिकै आत्मघाती विस्फोट, एकजनाको मृत्यु


जी–२० शिखर सम्मेलनको तयारी भइरहेका बेला ब्राजिलको सर्वोच्च अदालत नजिकै विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । आत्मघाती आक्रमणमा विस्फोटक पदार्थ बोकेका व्यक्तिको मृत्यु भएको प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

ब्रासिलियाका उपराज्यपाल सेलिना लेओले आक्रमणकारी कारमा बसेर सर्वोच्च अदालतमा पुगी प्रवेश गर्ने प्रयास गरेको तर सुरक्षा सतर्कताका कारण प्रवेश गर्न असफल भएको र पछि प्रवेशद्वारमा विस्फोट गराएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी जिनपिङसहित विश्वका नेताहरूको सहभागितामा आउँदो सोमवारदेखि शुरू हुने जी–२० शिखर सम्मेलनको पूर्वसन्ध्यामा अधिकारीहरूले देशमा सुरक्षा व्यवस्था कडा पारिसकेको बताएका छन् ।

सर्वोच्च अदालतले विज्ञप्ति निकाल्दै बुधवारको सत्रको अन्त्यमा दुई वटा विस्फोट भएको र न्यायाधीशहरूलाई सकुशल बाहिर निकालिएको जनाएको छ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


ताजा अपडेट