स्याङ्जाको वालिङमा जिप दुर्घटना हुँदा पाँचजना घाइते

वालिङ, २२ माघ । स्याङ्जाको वालिङमा जिप दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् ।
स्याङ्जा–पर्वत सडकखण्डमा वालिङबाट सिरबानीतर्फ जाँदै गरेको ग १ च ८९१३ नम्बरका जीप मङ्गलबार बिहान वालिङ नगरपालिका–१४ तमादीमा दुर्घटना भएको हो ।
दुर्घटना हुँदा पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।
घाइतेहरुमा वालिङ नगरपालिका–१४ सिरवानीका ६३ वर्षीय उमापति डुम्रे, सोही ठाउँका भीमप्रसाद डुम्रे, ७८ वर्षीय कोषकान्त डुम्रे, पर्वतको पैयुँ गाउँपालिका–६ हुवास बस्ने ३३ वर्षीय कुमाकला तिवारी र निजको छोरा ११ वर्षीय कमल तिवारी छन् ।
घाइते पाँच जनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिप बाटोदेखि अन्दाजी ४ मिटर तल खसेको प्रहरीको भनाइ छ ।
क्याटेगोरी : पालिका, समाचार
प्रतिक्रिया