Techie IT
Samayabaddha
मंगलबार, १८ कात्तिक, २०८२

पत्रकार कुमार खड्कालाई कुटपिट गरेकोप्रति महासंघको ध्यानाकर्षण


काठमाढौं, २५ माघ । पत्रकार कुमार खड्कालाई स्थानीय व्यक्तिले कुटपिट गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको जनाएको छ।

महासंघ पाँचथर शाखाका अनुसार यही माघ २३ गते बुधबार बेलुकी ८ः०० बजे पाँचथरस्थित कुम्मायक गाउँपालिका–१ यासोक बजारमा फोहोरमैला व्यवस्थापनका विषयमा भएको विवाद समाधानका लागि मध्यस्थता गर्ने क्रममा स्थानीय महेन्द्रबहादुर लावती र उनको छोरा चेतन लावतीले पत्रकार खड्कामाथि निर्घात कुटपिट गरेका थिए ।

पत्रकारमाथि आक्रमण हुनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी कार्य भएको महासंघका महासचिव रामप्रसाद दाहालद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । महासंघले घटनाको छानबिन गरी दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन र पत्रकारलाइ सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराएको छ ।

घाइते पत्रकारको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै निःशुल्क उपचारको व्यवस्था मिलाउन महासंघले माग गरेको छ । महासंघ पाँचथर शाखाका कार्यसमिति सदस्यसमेत रहेका घाइते खड्काको झापास्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।


क्याटेगोरी : जनमञ्च, समाचार

प्रतिक्रिया


ताजा अपडेट