इलामको माई नगरपालिकामा पिकअप दुर्घटना हुँदा २५ जना घाइते

इलाम, १५ फागुन । इलामको माई नगरपालिका–१ मा बिहीबार दिउँसो पिकअप दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।
माइ नगरपालिकाकै महमाईबाट दानाबारीतर्फ नेपाल मगर सङ्घको कार्यक्रम आउँदै गरेको प्रदेश १–०२–००२ च ४१९२ नम्बरको पिकअप दुर्घटनामा परेको हो।
घाइतेमध्ये २४ जनालाई माई अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पताल पठाइएको छ स्थानीय विमल दाहालका अनुसार घाइते एक जनाको माई अस्पतालमा उपचार भइराखेको छ। घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर छ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
प्रतिक्रिया