बजारमा खाना पकाउने ग्यासको अभाव
कठमाडौं, २० फागुन । नेपाल एलपी ग्यास उद्योग सङ्घ र सरकारबीच सहमति जुट्न नसक्दा उपभोक्ताहरूले बजारमा खाना पकाउने ग्यासको अभाव देखिएको बताएका छन्। उद्योगीहरूले आफ्ना माग पूरा नभए ग्यासको बिक्रीवितरण नै बन्द गर्ने चेतावनी दिएका छन्।
आफूहरूले पाउँदै आएको कमिशनलाई प्रतिशतमा रूपान्तरण गरिनुपर्ने र मूल्यअनुसार हेरफेर हुने स्वचालित प्रणालीमा लग्नुपर्ने लगायतका माग उनीहरूको रहेको छ।
सरकार र सङ्घका प्रतिनिधिहरूबीच वार्ता भए पनि मुख्य विषयमा सहमति जुट्न नसकेको सङ्घका उपाध्यक्ष दिवान चन्दले बताए। नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले भने अबको एक-दुई दिनमा समस्या सुल्झिने विश्वास व्यक्त गरेका छन्।
क्याटेगोरी : समाचार


















प्रतिक्रिया