नागढुंगा सुरुङ मार्ग निर्माणमा स्थानीयको अवरोध हट्यो
काठमाडौं । नागढुंगा सुरुङ मार्गको अवरोध हटेको छ ।
धादिङको धुनीवेशी नगरपालिकाको एक जनाको घरमा क्षति पुगेको भन्दै स्थानीयले अवरोध गरेपछि सोमबार बिहानदेखि काम रोकिएको थियो ।
‘उनीहरूलाई सडक विभाग मार्फत छलफल गरेर आवश्यक निर्णय गर्ने भन्दै सहमति गरेका छौं । सोही अनुसार अब अवरोध हटेको छ,’ नागढुङ्गा सुरुङ मार्ग आयोजनाका सीडीई सञ्जय पन्थले बताए ।
अवरोध हटेसँगै काम सुचारु हुने उनले बताए ।
नागढुंगा सुरुङमार्ग आयोजनाको भौतिक प्रगति ८६ प्रतिशत बढी पुगेको छ । पन्थीका अनुसार अन्डरपास, बक्स कल्भर्ट र ओभरपास निर्माणको काम समेत सम्पन्न भइसकेको छ ।
आयोजना अन्तर्गत तीन वटा पुल बनिसकेका छन् । अब फ्लाईओभरको काम जारी छ । फ्लाईओभरको काम ९५ प्रतिशत निर्माण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।
क्याटेगोरी : समाचार


















प्रतिक्रिया