Techie IT
Samayabaddha
सोमबार, २४ कात्तिक, २०८२

सिरहाकी रिंकुकुमारी सदाको बलात्कारपछि फरार ‘मुख्य’ आरोपित रूपेश मण्डल पक्राउ


काठमाडौं, २१ फागुन ।  सिरहाकी रिंकुकुमारी सदाको बलात्कारपछि फरार ‘मुख्य’ आरोपितलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रूपेश मण्डल छन् । उजुरीपछि भागेका रूपेशलाई गए राति पक्राउ गरिएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

गएको माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केका बेला नवराजपुर गाउँपालिका–१, भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारीको सामूहिक बलात्कार भएको थियो । त्यसबारे प्रहरीमा जाहेरी दिनुको साटो माघ २९ र ३० गते पञ्चायत बसेर गाउँमै लेनदेनमा घटना सामसुम पार्ने प्रयास गरिएको थियो ।

माघ ३० गते साँझ रिंकु आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उक्त घटना सार्वजनिक भएपछि मधेस प्रदेश प्रहरी कार्यालयले एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको थियो । त्यसपछि पीडित परिवारले रूपेशसहित आठजनाविरुद्ध पूरक जाहेरी दर्ता गराएका थिए ।

कर्तव्य ज्यान, जबर्जस्ती करणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चार शीर्षकमा पूरक जाहेरी दर्तासँगै अनुसन्धान अघि बढाइएको थियो ।

केही दिनअघि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले उनकै घरमा पुगेर पिडित परिवारलाई भट्दै न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट