Techie IT
Samayabaddha
सोमबार, २४ कात्तिक, २०८२

एउटै मन्त्रालयको मन्त्री र सचिव एकैपटक विदेश भ्रमणमा जान नदिने सरकारको निर्णय


कठामाडौं, २३ फागुन । सरकारले एउटै मन्त्रालयको मन्त्री र सचिव एकैपटक विदेश भ्रमणमा जान नदिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

मन्त्री र सचिव दुवै नहुँदा मन्त्रालयको काम प्रभावित हुने भएकाले मन्त्री र सचिवको एकैपटकको विदेश भ्रमण स्वीकृत नगर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बताए।

त्यस्तै, मन्त्रीको विदेश भ्रमणमा थप कडाई गरिएको छ। मन्त्री जानै पर्ने भ्रमणमा मात्र पठाइने गरी आचारसंहिता बनाइएको मन्त्री गुरुङले जानकारी दिए। सामान्य किसिमका कार्यक्रममा मन्त्रीको भ्रमण स्वीकृत नगर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। ‘मन्त्रीहरुको अत्यावश्यक विदेश भ्रमण मात्र अब स्वीकृत हुने छ,’ सरकारका प्रवक्ता गुरुङले भने। कर्मचारीको हकमा पनि विदेश भ्रमणमा पनि कडाई गर्ने निर्णय गरिएको छ।

बुधबारकै मन्त्रीपरिषद्को बैठकले दुई मन्त्रीको विदेश भ्रमण भने स्वीकृत गरेको छ। उर्जामन्त्री दिपक खड्काको बेलायत तथा महिलामन्त्रीको अमेरिका भ्रमण स्वीकृत गरेको छ।

पछिल्लो समय हरेक मन्त्रीपरिषद्को बैठकले मन्त्रीहरुको भ्रमण विदेश भ्रमण स्वीकृत गर्दै आएको छ। त्यस्तै, राष्ट्रपति र प्रधानमन्त्रीको भ्रमणदल २१ सदस्यीयभन्दा ठूलो नबनाउने पनि निर्णय भएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट