जनकपुरमै पांग्रा छुटाएर काठमाडौं आएको बुद्ध एयरको विषय संसद्मा प्रवेश
काठमाडौं, २३ फागुन । जनकपुरमै पांग्रा छुटाएर काठमाडौं आएको बुद्ध एयरको विमानको विषय संसद्मा प्रवेश गरेको छ । बिहीबार विमान उड्ने क्रममा अगाडिको टायर जनकपुरमै खसेको विषयमा छानबिन आयोग बनाउन सांसदले माग गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंहले जाँचबुझ आयोग गठन गर्न माग गरेका हुन् । “…काठमाडौंमा एउटा पांग्रामा ल्यान्ड गर्यो, त्यसका लागि एउटा जाँचबुझ आयोग गठन गरियोस् भन्ने माग राख्न चाहन्छु,” उनले भने ।
नेकपा (माओवादी केन्द्र) की सांसद छिरिङ लामु लामा तामाङले एउटा पांग्रा जनकपुरमै छुटेर आयो भन्ने सुन्दा यात्रुको मनमा भुइँचालो नै आएको बताइन् ।“यो सुन्दा हजारौँ यात्रुको मनमा भुइँचालो गयो होला, मेरो पनि त्यस्तै भयो,” उनले भनिन् । उनले रनवेबाट पांग्रा समयमै निकाल्दा अर्को खतरा टरेको पनि बताइन् । उनले हवाई क्षेत्र बेवारिसे बनाएको विषयमा पनि प्रश्न गरिन् ।
बिहीबार बेलुका ५ः४५ को उडानका क्रममा बुद्धको ९ एनएएनएच विमानको अगाडिको एउटा टायर जनकपुरमा नै छुटेको थियो । तर, विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षितरूपमा अवतरण गर्न सफल भएको थियो । विमानमा ६२ यात्रु थिए ।
६२ जना यात्रु बोकेको बुद्ध एयरको चरम लापरवाही, के छ उडान अघिको नियमन ?
क्याटेगोरी : समाचार


















प्रतिक्रिया