Techie IT
Samayabaddha
सोमबार, २४ कात्तिक, २०८२

त्रिभुवन विमानस्थलमा सुरक्षा व्यवस्थापनमा कडाई


काठमाडौं, २५ फागुन । पूर्व राजा पोखरादेखि काठमाडौं आउने भएपछि त्रिभुवन विमानस्थलमा बिहानैदेखि सुरक्षा व्यवस्थापनमा कडाई गरिएको छ।

हवाई टिकट भएका यात्रु र स्टाफ बाहेक अरुलाई एयरपोर्ट छिर्न निषेध गरिएको विमानस्थल स्रोतले जनाएको छ ।

कुनै किसिमको हुलहुज्जतपूर्ण, गैरकानूनी तथा सामाजिक मर्यादाविपरीतका कार्य हुन नदिन विमानस्थल वरपरको सुरक्षा व्यवस्था पनि कडा पारिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि महाराजगन्जस्थित निर्मल निवाससम्मको क्षेत्रलाई उच्च सुरक्षा संवेदनशील मान्दै सुरक्षा व्यवस्था कडा पारेको हो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट